क्षेत्रीय शिक्षा निर्देशक

श्री कृष्णप्रसाद पोख्रेल
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगरको शिक्षा विभागको रुपमा स्थापित संस्था शिक्षा विकास निर्देशनालय धनकुटा रहेको छ । उक्त मन्त्रालयवाट जारी भएका नीति नियम र निर्देशन बमोजिम यस निर्देशनालयले कोशी प्रदेश अन्तर्गतका १४ जिल्लामा रहेका शिक्षण संस्थाहरुसँगको शैक्षिक उन्नयनका लागि मन्त्रालयको शैक्षिक खम्बाको रुपमा यस निर्देशनालयले कार्य गर्दछ । सामुदायिक विद्यालयहरु, धार्मिक प्रकृतिका विद्यालयहरु, विभिन्न विश्वविद्यालय अन्तर्गतका सामुदायिक तथा आंगिक क्याम्पसहरुसँगको शैक्षिक साझेदारी सहितको व्यवस्थापनका साथै गुणस्तर सुधारका लागि थोरै भए पनि शैक्षिक इटा थप गर्ने लक्ष्य शिक्षा विकास निर्देशनालयको रहेको छ । सोही लक्ष्य अनुरुप विभिन्न शैक्षिक उद्देश्यहरुलाई पुरा गर्ने यस निर्दशनालयको सोच भित्र स्थानीय तहसँगको साझेदारी र समन्वयका साथै संघीय सरकारवाट प्राप्त निती तथा कार्यक्रमहरुको कार्यान्वयन समेत यस निर्देशनालयले गर्दै आइरहेको छ । शैक्षिक उन्नयनका लागि छोटा प्रकृतिका तालिम तथा गोष्ठी/अन्तरक्रिया समेत गर्दै कोशी प्रदेशको शिक्षाको विकासमा निरन्तर रुपले यो निर्देशनालय अगाडी बढीरहने कुरामा सरोकारवालाहरुलाई विश्वस्त गराउन चाहन्छ । यहाँहरुको अमूल्य पृष्ठपोषण निर्देशनालयको मूख्य मार्गदर्शक रहने भएकोले सोको प्राप्तिका लागि सधै आशावादी रहिरहन्छ । धन्यवाद ।
परिपत्र तथा सूचना
- व्यायामशाला खरिद तथा सामग्री निर्माणको कार्यक्रम कार्यान्वयनका सम्वन्धमा सम्झौता गर्न आउने वारे सुचना ।।।
- शिक्षण र अनुगमनमा ICT को प्रयोगका लागि कार्यक्रम कार्यान्वयनका सम्वन्धमा सम्झौता गर्न आउने वारे सुचना ।।।
- विधालयमा स्वच्छ पिउनेपानीको प्रवन्ध कार्यक्रम कार्यान्वयन सम्वन्धमा सम्झौता गर्न आउने वारे सुचना ।।।
- २०८१ को कक्षा १० को परीक्षा (SEE) सम्बन्धि शिक्षा विकास निर्देशनालय धनकुटाको शुभकामना सहितको अनुरोध
- निजामती आवासीय विद्यालय विद्यार्थी भर्ना सम्बन्धी सूचना थप हेर्नुहोस