उच्च शिक्षा अपाङ्गता छात्रवृति
प्रकाशित मिती: मिति २०७४ साल चैत्र ६ गते मंगलबार
उच्च शिक्षामा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुका लागि छात्रवृति वितरणका लागि सूचना प्रकाशित गरिएको छ । विगत वर्षहरु झैं यस वर्षको क्षेत्रीय शिक्षा निर्देशनालयको वार्षिक कार्यक्रम अनुसार तेस्रो चौमासिकमा वितरण गरिने यस किसिमको छात्रवृतिका लागि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले माग भएको विवरण सहित निवेदन जिल्ला शिक्षा कार्यालयमा बुझाउनु पर्ने छ र जिल्ला शिक्षा कार्यालयहरुले सिफारिश सहित सबै कागजात र नामावली यस निर्देशनालयमा उपलव्ध गराउनु पर्ने छ । क्षेत्रीय शिक्षा निर्देशनालयबाट निजहरुको नाममा छात्रवृति वितरणका लागि जािल्ला शिक्षा कार्यालयहरुलाई निकासा दिनेछ र जिल्ला शिक्षा कार्यालयले सम्बन्धित विद्यार्थीलाई बुझाइ सो को भरपाई क्षेत्रीय शिक्षा निर्देशनालयमा पठाउनु पर्ने छ ।
परिपत्र तथा सूचना
- वैकल्पिक उम्मेदवारले सम्पर्क राख्न आउने बारेको सुचना ।।।
- निम्न माध्यमिक तहको नेपाली विषयका बैकल्पिक उम्मेदवारलाई सम्पर्क राख्न आउने बारेको सूचना
- प्राथमिक तह द्वितीय श्रेणी (७५%) तर्फको शिक्षक बढुवा सम्बन्धी सूचना ।
- निमा तह गणित विषयका बैकल्पिक उम्मेदवारलाई सम्पर्क राख्न आउने बारेको सूचना
- प्रदेशस्तरीय योजना माग गर्ने सम्बन्धमा । थप हेर्नुहोस